बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले एकीकृत कारोबार शुरू गर्दै छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडकोको नामबाट पुस ७ गतेदेखि एकीकृत कारोबार हुनेछ ।
डाटा माइग्रेसन तथा सिस्टम इन्ट्रिग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनको लागि बिहान ६ गतेदेखि सम्पूर्ण सेवासमेत अवरुद्ध हुने कम्पनीले जानकारी दिएको छ ।
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच गत असार १२ गते मर्जरसम्बन्धी सम्झौता भएको थियो । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता अनुपातमा मर्जरमा गएका हुन् ।
जीवन बीमा क्षेत्रको पहिलो मर्जरको इतिहास बनाएका सूर्या र ज्योतिले पुस ७ गतेदेखि संयुक्त रुपमा कारोबार सुरुवात गर्ने छन् । मर्जर पछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ ।
दुबैले कार्तिक २८ गते साधारणसभा मार्फत शेयरधनीहरुबाट स्वीकृति प्राप्त गरेका थिए । शेयरधनीबाट भएको अनुमोदनलाई नेपाल बीमा प्राधिकरणले मंसिर २ गते र मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेका थिए ।
प्रतिक्रिया