नेप्सेमा आज उच्च अंकको गिरावट, कारोबार रकम सामान्य घटेर १ अर्ब १५ करोड माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से २७.५४ अंकले घटेर १ हजार ८ सय ५५ दशमलब ०६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेमा कारोबार रकम भने स्थिर रह्यो । आज नेप्सेमा १ अर्ब १५ करोड ७१ लाख रुपैया बराबरको भएको छ । बिहिबार नेप्सेमा १ अर्ब १९ करोड २६ लाख भन्दा बढिको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये २५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८० वटा कम्पनीको शेयरमूल्य घटेको छ, ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २८७.४० रुपैयाँ पुगेको छ भने ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ कोे शेयरमूल्य पनि ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ८.४२ रुपैयाँ पुगेको हो ।   

आज रुरु जलविद्युत परियोजना र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा सर्किट लेभलमा गिरावट भएको छ । यि दुवैको शेयरमूल्य १० प्रतिशतले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । यसको आज ६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।