शिवम् सिमेन्टको लाभांश घोषणा

शिवम् सिमेन्टको लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
शिवम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ४० करोडको १०.५३ प्रतिशत अर्थात् ४६ करोड ३३ लाख २० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।