बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौंथो दिन आज बुधबार सामान्य अंकले घटेको छ । आज नेप्से २.६२ अंकले घटेर १ हजार ८ सय ९७ दशमलब ०८ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा कारोबार रकममा पनि गिरावट आएको छ । आज ७२ करोड ७८ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सर्किट लेभलमा वृद्धि भएको छ । बुधबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४८६.२० रुपैयाँ पुगेको छ भने इस्र्टन् हाइड्रोपावरको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २३७.६० रुपैयाँ पुगेको हो ।
आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नपाल दुरसंचार कम्पनीको भएको छ । यसको आज ५ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया