कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन आज 

कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन आज 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । कम्पनीले मंसिर १४ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थायिन बासिन्दा  र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ विक्री खुला गरेको हो । आवेदकले आज बुधवार बैंकिङ्ग समय सम्म आवेदन दिन सक्नेछन् । 

। कम्पनीले सर्वसाधारणमा जारी हुने १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता आरक्षणस्वरूप वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको हो । 
कम्पनीले मङ्सिर १४ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीसँगै आयोजना प्रभावित स्थानीयका लागि समेत आईपीओ जारी गरेको छ ।  । कम्पनीले १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ । 

आयोजना प्रभावित स्थानीयमा निष्कासन हुने यो आईपीओ छिटोमा मङ्सिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म विक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने मंसिर २८ गतेसम्म मात्र आवेदन दिनुपर्नेछ । दुवै समूहका लगानीकर्ताका लागि यो आईपीओ खरीदमा न्यूनतम १० कित्ताको सीमा तोकिएको छ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व वहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै मेगा बैंक, सेञ्चुरी बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो आईपीओ खरीद गर्न सकिने व्यवस्था छ ।