नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकममा उच्च गिरावट भइ ७७ करोडमा सिमित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से २.५७ अंकले घटेर १ हजार ८ सय ९९ दशमलब ७० विन्दुमा बन्द भएको हो ।  

त्यस्तै, आज नेप्सेमा कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुग्न सकेन । आज ७७ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । 

आज नेप्सेमा कारोबार भएका कम्पनीमध्ये ९० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२६०.२० रुपैयाँ पुगेको छ भने सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य पनि ७.७३ प्रतिशतले बढेर प्रतिकित्ता २३७ रुपैयाँ पुगेको हो ।   

आज तेह्रथुम पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ७ करोड १७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।