बैंकिङ्ग समाचार, काठमाडौं ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १६ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा १४ लाख ३० हजार १६२ कित्ता आइपीओ निष्काशन गर्नका लागि मंसिर २० गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि आईपीओ निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।



About Us
प्रतिक्रिया