बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाथौ दिन बुधबार सामान्य अंकले घटेको छ । आज तीव्र उतारचढावबीच नेप्से ३.५१ अंकले घटेर १ हजार ९ सय ४९ दशमलब ८५ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २.९९ अंकले बढेर १ हजार ९ सय ५३ दशमलब ३५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ८४ करोड २६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । मंगलबार नेप्सेमा ९५ करोड ७० लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।
आज कारोबारमा आएका कम्पनीहरुमध्ये ६४ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा सबै भन्दा बढि वृद्धि भएको छ । ग्रीन लाइफ हाइड्रो पावर कम्पनीको शेयरमूल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता २५ रुपैयाँ पुगेको छ । त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ३६९ रुपैयाँ पुगेको छ
नेप्सेका अनुसार आज लक्ष्मी इक्विटी फण्डको शेयरमूल्यमा सबै भन्दा बढि गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया