नेप्सेमा दोहोरो अंकको गिरावट, १५.६१ अंकले बजार घट्दा करिब साढे १ अर्बको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, १५.६१ अंकले बजार घट्दा करिब साढे १ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंककोले घटेको छ । आज नेप्से १५.६१ अंकले घटेर १ हजार ९ सय ५० दशमलब ३७ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३२.४३ अंकले बढेर १ हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको भएको थियो ।

त्यस्तै, आज शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ बराबरको करोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब २ करोड ५४ लाख रुपैयाँ बराबरको करोबार भएको थियो । 

आज कारोबारमा आएका कम्पनीहरुमध्ये ३६ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रह्यो । 

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.१० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार सिनर्जी पावर डेभलपमेन्ट र ओरियन्टल होटल्सको शेयरमूल्यमा गिरावट भएको छ । यि दुबै कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज १६ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको हो ।