बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाँच ओटा जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।
सेबोनले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
अब एसियन हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । यसैगरी सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धकमा भने सानिमा क्यापिटल रहेको छ।
सुपर मादी हाइड्रोपावरले भने ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । माया खोला हाइड्रोपावरले ३४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
यसैगरी सुभम पावर लिमिटेडले कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
ती कम्पनीहरुले आयोजना प्रभावित, सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निकाष्सन गर्नेछन् ।



About Us
प्रतिक्रिया