बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको अन्तिम दिन बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से ११.५६ अंकले बढेर १ हजार ९ सय ३३ दशमलब ५५ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ७.७२ अंकले घटेर १ हजार ९ सय २१ दशमलब ९९ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से बढेपनि कारोबार भने बढ्न सकेन । आज नेप्सेमा ९२ करोड ५१ लाख रुपैयाँ बराबरको करोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका कम्पनीहरुमध्ये १२४ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
एक कम्पनीको शेयरमूल्यमा आज उच्च वृद्धि भएको छ । घलेम्दी हाइड्रोपवरको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेर प्रतिकित्ता २१९ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार किसान लघुवित्तको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी साइन रेसुङगा बैंकको भएको छ । यसको आज ७ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया