नेप्से लगातार घट्दो क्रममा, कारोबार रकम पनि निरन्तर घटेर १ अर्बमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले घटेको छ । आज नेप्से ७.७२ अंकले घटेर १ हजार ९ सय २१ दशमलब ९९ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ७.१३ अंकले घटेर १ हजार ९ सय २९ दशमलब ७० विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा १ अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आज कारोबारमा आएका कम्पनीहरुमध्ये ५७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिभिल बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४.३० रुपैयाँ पुगेको छ भने घलेम्दी हाइड्रोको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २०५ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज स्टाण्डर्ड चार्टर्ड बैंक र नबिल ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि दुवै कम्पनीहरुको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यसको आज १२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।