काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले विभागीय प्रमुखरसहायक, प्रदेश प्रमुखरअनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो।
कम्पनीले फिल्ड सहायक पद अन्तर्गतको कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा एसईई पास गरेकाले आवेदन दिन सक्नेछन्। विशेष सवारी साधनको लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ।
इच्छुक व्यक्तिले आवश्यक कागजात सहित आगामी १५ दिन भित्र अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ।



About Us
प्रतिक्रिया