बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ ।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसधारण लागि गरेर कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट कात्तिक २३ गते अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
अब कम्पनीले पहिलो चरणमा स्थायिन बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि मात्र कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । यस कम्पनीले दोलखा जिल्लाको कुरी क्षेत्रमा केबलकार सञ्चालन गरिरहेको छ ।



About Us
प्रतिक्रिया