बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो कारोबारको दिन आज बुधबार दोहोरो अंकले बढेको हो । आज नेप्से १३.४० अंकले बढेर १ हजार ९ सय ११ दशमलब २६ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६.५९ अंकले घटेर १ हजार ८ सय ९७ दशमलब ८६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकम भने बढेन । आज नेप्सेमा ८५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कारोबारमा आएका कम्पनीहरु मध्ये १४१ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ३८ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ३५३.१० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ६ करोड ३ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया