बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ६.५९ अंकले घटेर १ हजार ८ सय ९७ दशमलब ८६ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से २१.२६ अंकले बढेर १ हजार ९ सय ४ दशमलब ४३ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा १ अर्ब २ करोड ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ९४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ४३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज सिटिजन्स म्युचल फण्ड १ को ईकाइको मूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको मुल्य आज ४.५८ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार तारागाउँ रिजेन्सी र सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमुल्य ८ प्रतिशत भन्दा बढिले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ८ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया