बैंकिङ्ग समाचार, काठमाडौं ।
खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर लिमिटडको शेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
खप्तड लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई निष्काशन गरेको १ लाख ३२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको २ लाख ६८ हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले लघुवित्तको शेयरलाई न्युनतम १०१ रुपैयाँ ७ पैसा देखि ३०३ रुपैयाँ २१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा भोली मंगलबारदेखि लघुवित्तको शेयर कारोबारमा आउनेछ ।
लघुवित्तको शेयरलाई नेप्सेले केएलबीएस (KLBS) कारोबार संकेत प्रदान गरेको छ ।
यस्तै सिक्लेस हाइड्रोपावर लिमिटडको ८५ करोड कित्ता शेयर नप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको ११ लाख ५० हजार कित्ता, आयोजना प्रभावितलाई निष्काशन गरेको ८ लाख ५० हजार र संस्थापकहरुले लगानी गरेको ६५ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हाे ।
कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भोलिदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीले शेयरलाई नेप्सेले एसआईकेएलईएस (SIKLES) कारोबार संकेत प्रदान गरेको छ ।



About Us
प्रतिक्रिया