बैकिङ्ग समाचार ।
सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति गरेर आगामी २० गतेबाट एकिकृत कारोबार गर्ने भएको छ।
बैकले गत जेठ २७ गते बिशेष साधारणसभा गरी प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरो थियो। त्यसपछि अन्तिम स्वीकृति लिएर एकिकृत कारोबार गर्न लागेको हो।
सहयोगीको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर दिएको छ।
सहयोगी विलयपछि बैंकको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ। ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ र शाखा संख्या १०८ वटा हुनेछ।
चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ९ अर्ब ८ करोड पुग्ने छ।



About Us
प्रतिक्रिया