बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १०.५४ अंकले घटेर १ हजार ८ सय ८३ दशमलब १६ विन्दुमा बन्द भएको हो । अघिल्लो हप्ताको बिहिबार नेप्से २३.५२ अंकले घटेर १ हजार ८ सय ९३ दशमलब ७० विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकममा पनि भारि गिरावट भएको छ । आज नेप्सेमा ७७ करोड ४९ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कारोबारमा आएका कम्पनीहरु मध्ये ४४ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १३१ वटा कमपाीको शेयरमूल्य घटेको छ १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज लक्ष्मी इक्विटी फण्डको शेयरमुल्य ७.९ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज नबिल ब्यालेन्स फण्ड २ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । दुवै कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया