नेप्सेको नयाँ वेबसाइट आजबाट पूर्ण रुपमा सञ्चालनमा आयो 

नेप्सेको नयाँ वेबसाइट आजबाट पूर्ण रुपमा सञ्चालनमा आयो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज आइतबार बाट नयाँ वेबसाइट सञ्चालनमा आएको छ । परिक्षणको रुपमा चलाएको उक्त वेबसाइट आजबाट भने पूर्ण रुपमा सञ्चालनमा आएको हो । 

प्रयोगकर्ताहरुले अब नयाँ वेबसाइटबाट नै तथ्यांक अद्यावधिक लगायतको कामहरु गर्नुपर्ने छ । यो भन्दा अगाडी नै नेप्सेले सम्पूर्ण सूचीकृत भएको कम्पनीहरुलाई नेप्से अनलाइन ट्रेडिङ्ग सिस्टमको लगइन आइडी लिन निर्देशन समेत दिइएको थियो । 

नयाँ वेबसाइटको प्रयोगले अब कम्पनीहरुलाई आफ्नो शेयरसँग सम्बन्धीत विभिन्न सूचना आफैले उपलब्ध गराउन सकिने नेप्सेले जनाएको छ ।