काठमाडाैं- नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले उपाध्यक्ष मनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पदोन्नति भएकोमा बधाइ दिएकाे छ ।
संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यहरूले ज्ञवालीको यो महत्त्वपूर्ण उपलब्धिलाई सराहना गर्दै भने, ‘बैंकिङ्ग क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय छ । उहाँको पदोन्नति उहाँले पु¥याउनु भएको उत्कृष्ट योगदानको प्रतिबिम्ब हो, र हामी पूर्ण विश्वास गर्छौँ कि उहाँको नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्नेछ ।’
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्छ र नेपाल तथा इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ पार्दै व्यावसायिक प्रगति प्रवर्द्धन गर्न प्रतिबद्ध रहन्छ ।
प्रतिक्रिया