बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलवार मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ ।
सूचीअनुसार ८७ ओटा सूचीकृत कम्पनीहरू मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये १७ ओटा वाणिज्य बैंक, ८ ओटा विकास बैंक, ५ ओटा फाइनान्स र १३ ओटा हाइड्रोपावर समूहका कम्पनीहरू रहेका छन् ।
त्यसैगरी जीवन बीमा समूहबाट ४ ओटा, निर्जीवन बीमा समूहबाट ५ ओटा र २९ ओटा लघुवित्त कम्पनीहरू पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जानकारी दिएको छ। त्यस्तै तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेका छन् ।



About Us
प्रतिक्रिया