नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकममा उल्लेख्य कमि आई १ अर्बमा झर्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो कारोबार दिन आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से २.५७ अंकले घटेर १ हजार ९ सय ५६ दशमलव ३६ विन्दुमा पुगि बन्द भएको हो । सोमबार नेप्से ६.४३ अंकले घटेर १ हजार ९ सय ५८ दशमलब ९४ विन्दुमा बन्द भएको थियो ।     

त्यस्तै, आज कारोबार रकममा पनि उल्लेख्य कमि आएको छ । आज नेप्सेमा १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये आज ११४ कम्पनीको शेयर मुल्य घटेको छ भने ५८ कम्पनीको शेयर मुल्य बढेको छ, ५४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज सबैभन्दा धेरै एलआइसी नेपाल र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एलआइसी नेपालको शेयरमूल्य ४ दशमलव २२ प्रतिशतका दरले बढेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ३ प्रतिशतका दरले बढेको छ ।

नेप्सेका अनुसार आज सबैभन्दा धेरै कालिका लघुवित्तको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ दशमलव ७७ प्रतिशतका दरले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । यसको आज ८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।