अमेरिकी डलरको भाउ खस्कियो 

अमेरिकी डलरको भाउ खस्कियो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाली बजारमा निरन्तर उकालेो लागेको अमेरिकी डलरको भाउ केही दिन यता निरन्तर ओरलो लाग्न थालेको छ । प्रति एक अमेरिकी डलर १३३ को वरिपरि रहेकोमा आज मंगलबार भने १३१ बाट तल झरेको छ । आज एक अमेरिकी डलरको नेपाली खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको नेपाली विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ भने युरो एकको नेपाली खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको छ । 

त्यसैगरी, आज पाउण्ड स्ट्रलिङ एकको नेपाली खरिद दर १४९ रुपैयाँ ७४ पैसा र बिक्री दर १५० रुपैयाँ ४२ पैसा तथा स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।