युनिलिभर नेपालको लाभांश तथा बुकक्लोज मिति घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि प्रति कित्ता शेयर बापत १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सो बैठकले लाभांश वितरण प्रयोजनार्थ मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । यस अनुसार मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्  ।