बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर १ को नेपाली खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ भने युरो १ को खरिद दर १३१ रुपैयाँ ०० पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड १ को खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १५२ रुपैयाँ ५० पैसा एवम् कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
प्रतिक्रिया