नेपाल इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश

नेपाल इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको कात्तिक ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार रुपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनीले बताएको छ ।