काठमाडौं– नेपाल राष्ट्र बैंकले कुनै पनि वित्तीय निर्णय लिँदा सोसम्बन्धी स्वअध्ययन, अनुसन्धान र गहन विचार वा विश्वसनीय स्रोतसँग परामर्श गरेर मात्र लिन आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय सचेतना जगाउने उद्देश्यले एक सन्देश जारी गर्दै क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याएर गरिने वित्तीय निर्णयले ठुलो आर्थिक नोक्सान गराउन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ।
‘सामाजिक सञ्जालमा चर्चा पाएका सबै विषय र तिनका इन्फ्लुएन्सर ती विषयका विज्ञ नहुन पनि सक्छन् र गलत इन्फ्लुएन्सरको कुराबाट प्रभावित भई वित्तीय निर्णय लिँदा आर्थिक नोक्सानी हुन सक्नेतर्फ सचेत रहौँ, ‘त्यसैले सामाजिक सञ्जालमा जोकोहीलाई विश्वास नगरौँ।’ केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार अहिलेको आधुनिक र खुला युगमा सामाजिक सञ्जालमा पत्यारिलाजस्ता लाग्ने थुप्रै वित्तीय जानकारी, उपाय र सुझाव भेटिन सक्छन्। ‘त्यस्ता सुझाव वा जानकारीको भरमा पर्नु वा त्यस्ता व्यक्ति (फाइनान्सियल इन्फ्लुएन्स) लाई फलो गर्नुअघि सो सूचना तथा सुझाव सही हुन् वा होइनन् मनन गरौँ’, राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया