काठमाडाैं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा वृद्धि देखिएकाे छ । केन्द्रीय बैंकको ६ र ७ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेप बढेकाे देखाएकाे हो । सो समयमा कर्जा प्रवाहमा स्थिर रहेकाे छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत ७ गते ६७ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लाे दिन अर्थात् ६ गते ६७ खर्ब ५२ अर्ब रूपैयाँ निक्षेप संकलन भएकाे थियाे।
यस्तै, साे समयमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ४ अर्बले बढेकाे छ । ६ गते ६० खर्ब ३२ अर्ब रूपैयाँ संकलन भएकाेमा भाेलिपल्ट ६० खर्ब ३६ अर्ब रूपैयाँ संकलन भएकाे छ । समिक्षा अवधिमा कर्जा प्रवाह भने स्थिर देखिएकाे छ । ६ गते ५४ खर्ब ५६ अर्ब रूपैयाँ कर्जा प्रवाह भएकाेमा भाेलिपल्ट पनि साेही रकम बरारबकाे कर्जा प्रवाह भएकाे छ ।
साे अवधिमा वाणिज्य बैंकहरूकाे कर्जामा भने १ अर्ब रूपैयाँकाे गिरावट देखिएकाे छ । चैत ६ गते ४८ खर्ब ४३ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले ७ गते ४८ खर्ब ४२ अर्ब रूपैयाँ प्रवाह गरेका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सीडी रेसियो ७९ दशमलव ४१ प्रतिशत रहेको छ।



About Us
प्रतिक्रिया