काठमाडौं– एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा मेचीनगर–२, गाडागल्ली, झापास्थित श्री कृष्ण आधारभूत विद्यालयका १५९ जना विद्यार्थीहरुको शैक्षिक वृत्तिविकासको लागि शैक्षिक सामग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कुमार कट्टेलले विद्यालयका प्रधानाध्यापक राजन कुमार गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई मञ्जील देवान बिच एक कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरे ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्की तथा मार्केटिंक अफिसर गजेन्द्र ढकाल साथै काकरभिट्टा शाखाका शाखा प्रबन्धक उमेश कुमार घिमिरे लगायत बैंकका कर्मचारी तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

एक्सेल डेभलपमेन्ट बैंकले कोशी प्रदेशभरि फैलिएका आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ८ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकले थप शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको प्रदेशभरि सेवा प्रदान गर्ने जनाएको छ ।



About Us
प्रतिक्रिया