काठमाडौं– गोर्खाज फाइनान्स संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेद्र इवाहाङको नियुक्ति खारेज गरिएको छ । संस्थाको रिक्त पदमा नियुक्त भएका इवाहाङको नियुक्त समेत खारेज भएको छ ।
कम्पनीको सञ्चालक समितिले यही चैत १० गते बसेको ५१२औं बैठकमार्फत ज्ञानेन्द्र इवाहाङलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर, सोही दिन बेलुका ४ बजे बसेको ५१३औं बैठकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार इवाहाङको नियुक्ति खारेज भएकाे छ।
राष्ट्र बैंकले विशेष निरीक्षणको क्रममा देखिएको कैफियतको आधारमा उनलाई सो पदबाट पदमुक्त गरिएको हो । यसअघि प्रकाश चन्द्र अधिकारी पनि सो पदबाट पदमुक्त भएका थिए ।



About Us
प्रतिक्रिया