बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम लाइफ इस्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३.६८४२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँ रहेका छ । जस अनुसार चुक्तापुँजीकाे १३ प्रतिशतका दरले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बोनस शेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत अर्थात १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको साधारणसभा पश्चात शेयरधनीहरुले पाउनेछन् । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।
प्रतिक्रिया