सोल्टी होटलले गर्यो २६% लाभांश वितरण गर्ने प्रस्ताव, साधारणसभा पुस २८ मा बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सोल्टी होटलले गत आर्थिक बर्षको मुनाफाबाट २६.३१ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो । 

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि समेत गरी २१.३१ प्रतिशत नगद लाभांश सहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि पुस २८ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको ४८ औँ साभारणसभा कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

आयोजनाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेलको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।