इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने आज (कात्तिक २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले मंगलवार सार्वजनिक विदा परेकाले एक दिन आवेदन दिने अवधि थप गरी बुधवारसम्म कायम गरेको हो ।

कम्पनीले सर्वसाधारणमा लागि सार्वजनिक निष्कासनमा मार्फत ६ लाख २३ हजार ३८९ कित्ता शेयर विक्री गर्न लागेको हो । यसअघि आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको ५० हजार ३१० कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा ६ लाख ७० हजार ३१० कित्ता शेयर वितरण गर्न लागेको हो ।

सार्वजनिक निष्कासनमा आएको बाहेक कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सकिने व्यवस्था छ ।