एनआईसी एशिया लघुवित्तको आईपिओमा ३ लाखले गरे आवेदन


बैकिङ्ग समाचार । एनआइसी एशिया लघुवित्तले बुधबारदेखि निष्काशन गरेको आईपिओ शेयरमा शुक्रबार दिउँसो ३:३० बजेसम्ममा ३.६५ गुणाा बढी आवेदन परेको छ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार एक अर्ब ६२ करोड रुपैयाँ बराबरको आवेदन परेको हो ।

लघुवित्तले सर्वसाधारणमा ४४ करोड ४२ लाख २० हजार रुपैयाँको आईपीओ बिक्री खुला गरेको हो।

क्यापिटलका अनुसार लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा असार १२ गते साँझ ३ः३० बजेसम्ममा २ लाख ९० हजार आवेदकबाट ७० लाख कित्ता शेयर खरिदको माग आवेदन परेको छ ।

लघुवित्तले सर्वसाधारका लागि ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ ।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहानेहरुले असार १४ गते आइतबारसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।