बैंकिङ्ग र उत्पादन उप-सूचकमात्रै बढेको शेयर बजार ९.६९ अंकले घट्यो, ८० करोडको कारोबार

बैंकिङ्ग र उत्पादन उप-सूचकमात्रै बढेको शेयर बजार ९.६९ अंकले घट्यो, ८० करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार सामान्य अंकले घटेको छ । आज नेप्से ९.६९ अंकले घटेर १ हजार ८ सय ६० दशमलब ९४ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा ८० करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

आज कारोबार भएका कम्पनीमध्ये ३० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७३४.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार पिपुल्स पावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज ८ करोड ४७ लाख भन्दा बढीको कारोबार भएको छ ।