सरकारले तोक्यो वैदेशिक लगानीको न्यूनतम सीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सरकारले विदेशी लगानीको लागि न्यूनतम सीमा २ करोड तोकेको छ । सरकाले विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको लागि न्यूनतम सीमा २ करोड तोकेको हो । 
तर नेपालमा लगानीको लागि प्रविबद्धता धेरै भएपनि वास्तविक लगानी भने प्रविबद्धताको एक तिहाइ मात्र हुने गरेको तथ्यांकले देखाएको छ । 
सन् २०२१ को तथ्यांकलाई हेर्ने हो भने, नेपालमा लगानीको लागि ३ खर्ब ५७ अर्बको प्रतिबद्धता भएपनि जम्मा १ खर्ब ३० अर्बको मात्रै लगानी रहेको छ । जसमा नेपालमा लगानी गर्ने राष्ट्रको संख्या भने ५५ रहेको छ । 
नेपालमा लगानी गर्नै राष्ट्रमा भारत पहिलो स्थानमा रहेको छ । भारतबाट मात्रै ७९ अर्ब १४ करोड, चीनबाट ७५ अर्ब ७७ करोड, सिंगापुरबाट १७ अर्ब ४३ करोड, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी भएको छ ।