ब्याजदरको विरोधमा उद्योग ब्यापारीद्धारा सुर्खेत बजार बन्द

ब्याजदरको विरोधमा उद्योग ब्यापारीद्धारा सुर्खेत बजार बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
बैंकहरुले ब्याजदर बढाएपछि सुर्खेतका उद्योगी–ब्यापारी आन्दोलित भएका छन् । आन्दोलनको क्रममा उनीहरुले सुर्खेतको वीरेन्द्रनगर बजार बन्द गरेका छन् । बैंकहरुले लिएको चर्काे ब्याजका विरुद्ध सुर्खेत उद्योग वाणिज्य संघमा बिहिवार बसेको व्यवसायीक संघसंस्थाको बैठकले एक विज्ञप्ती जारी गरेर बन्दको आह्रान गरेको हो ।