बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ४.१५ अंकले बढेर १ हजार ८ सय ७० दशमलब ६३ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ११.३६ अंकले बढेर १ हजार ८ सय ६६ दशमलब ५२ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा ८२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ९५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७९ वटा कम्पनीको शेयरमूल्य घटेको छ, एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६७.९० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज तीन करोड ४० लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया