नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा कारोबार पनि सामान्य बढेर ७० करोड नजिक

नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा कारोबार पनि सामान्य बढेर ७० करोड नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकको सुधार भएको छ । आज नेप्से ११.३६ अंकले बढेर १ हजार ८ सय ६६ दशमलब ५२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १६.०६ अंकले घटेर १ हजार ८ सय ५५ दशमलब १६ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्सेमा ६९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५२ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका कम्पनीमध्ये १४० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६०७.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एभरेष्ट बैंकको ऋणपत्रको मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ४० लाख भन्दा बढीको कारोबार भएको छ ।