बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज असोज २६ गते, बुधबार गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले हिजो मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
आज नेप्सेले इन्स्योरेन्सको ७.४४२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४५१ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, इन्स्योरेन्सको शेयर दोस्रो बजारमा प्रतिकित्ता ४८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया