बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.०६ अंकले घटेर १ हजार ८ सय ५५ दशमलब १६ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा ५२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज समिट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर प्रतिकित्ता ९२९.५० रुपैयाँ पुगेको छ । त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५२ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार विन्ध्यावासिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज तीन करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया