जीवन बीमा अभिकर्ताहरुको परीक्षा चैत ८ गतेसम्म निरन्तर सञ्चालन हुने

जीवन बीमा अभिकर्ताहरुको परीक्षा चैत ८ गतेसम्म निरन्तर सञ्चालन हुने



काठमाडौ – नेपाल बीमा प्राधिकरणले चैत ३ गतेदेखि ८ गतेसम्म जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम कार्यालयले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।

जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।