बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बारा जिल्लाको होटल क्लासिक सिमरामा असोज १३ गते सभा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ बाट प्रस्तावित १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो । त्यस अनुसार असोज ३ गतेसम्म कायम शेयरधनीलाई मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
प्रतिक्रिया