हुन्डाईका गाडी खरिदमा अफरै अफर 


बैकिङ्ग समाचार ।
नेपालका लागि हुण्डाई मोर्टसको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहक प्याकेज ल्याएको छ।

हुन्डाइका गाडी खरिदमा कम्पनीले विभिन्न छुट तथा सुहलियतको अफर सार्वजनिक गरेको छ।

यो प्याकेजमा हुन्डाइको गाडी खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्ता ५० प्रतिशतमात्र भुक्तानी गरे हुने भएको छ।

एक वर्षको निःशुल्क बीमा,आ.व.७७/७८को सडक कर पनि छुट दिने कम्पनीले घोषणा गरेको छ। यसका साथै एक्स्चेन्जको सुविधा पनि दिने कम्पनीले जानकारी दिएको छ।

चार वर्षको नि:शुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी पनि योसँगै उपलब्ध हुने छ।