सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सिक्लेस हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले मंगलबार सेयर बाँडफाँट गरेको हो । उक्त आईपीओ एक लाख पाँच हजार ८०० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओका लागि आवेदन दिने १४ लाख ६ हजार ७३७ जना आवेदकको भने हात खाली भएको छ ।

कम्पनीको आईपीओमा १५ लाख १२ हजार ५३७ जनाले आवेदन दिएका थिए । कम्पनीले २९ भदौदेखि २ असोजसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासनमा ल्याएको हो । त्यसमध्ये तीन प्रतिशतअर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र पाँच प्रतिशतअर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँट गरिएको हो ।