लघुबीमाको लाईसेन्सको लागि ७ कम्पनीले दिए आवेदन

लघुबीमाको लाईसेन्सको लागि ७ कम्पनीले दिए आवेदन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
लघुबीमा कम्पनीको लाईसेन्सको लागि हालसम्म ७ वटा कम्पनीले आवेदन दिएका छन् । बीमा समितिका अनुसार नेको लाइट (जनरल)इन्स्योरेन्स, स्वेदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, नेपाल माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इनस्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्सले आवेदन दिएका छन् । 

बीमा समितिले ३५ दिन भित्र आवेदन दिन भन्दै भदौ १० गते सूचना सार्वजनिक गरेको थियो।  बीमा समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७ वटा लघुबीमा स्थापना गर्न भन्दै लघुबीमा लाईसेन्सको लागि भदौ १० गते आबेदन खुला गरेको हो । सूचना जारी गरेको ३५ दिन भित्र आवेदन दिई सक्न आग्रह गरेको छ ।

समितिले प्रकाशित गरेको सूचनामा भनिएको छ – 'न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्‍याई बीमाको विकास तथा विस्तार गर्न र नेपाल सरकारको आ.व. ०७९/०८० को बजेट वक्तव्यको बुँदा नं ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्न बढीमा ७ वटा (३ जीवन तथा ४ निर्जीवन) लघुबीमा कम्पनीको स्थापनाको कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाबाट देहायका सर्तहरूको अधीनमा रही प्रस्ताव पेस गर्न यो सूचना प्रकाशित गरिएको छ ।'

पुराना दर्ता खारेज गरी बिमा समितिले नयाँ आवेदन माग गरेको हो । 

\"\"