बैंकिङ्ग समाचार, काठमाडौं ।
रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज ७ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त लाभांश साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले कार्तिक ४ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले बानेश्वर स्थित थापागाउँ ब्यान्क्वेटमा सभा गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया