बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको सुधार भएको छ । साताको कारोबारको सुरुवातदेखि नै निरन्तर गिरावट भइरहेको नेप्से बुधबार भने दोहोरो अंकले बढेको हो ।
आज नेप्से ११.२२ अंकले बढेर १ हजार ८ सय ४८ दशमलब ८२ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा ७२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १४२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि १ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत बढीले बढेको हो ।
नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड र राप्ती हाइड्रोको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ३ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया