आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

' प्रतिताेला नौ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य'


काठमाडौं – बुधबार नेपाली बजारमा सुनकाे मूल्यमा वृद्धि देखिएको छ । आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको हो । मङ्गलबार प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेकाे छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।